“म शब्दको सागर”

हृदय खोल आँखा बन्द गर
र आफ्नो मायालुलाई दिल खोलेर सम्झ
तिमी एउटा सुन्दर संसार देख्नेछौ
मायाको संसार–
हजुर त्यहि संसारको गहिराइ हुँ म ।

अब छोएर हेर हृदय
महसुस गर ति पल जब
तिमी उसको सामू र उ तिम्रो सामू
अलि नजिक पुगेर प्रेमका केहि वात गर
तिमी शान्त शितल प्रेम भावपूरमा पुग्नेछौ
मायाको भावनगरी–
हजुर त्यहि भावनगरीको भोगाइ हुँ म ।

अब स्पर्स गर उसको मायालाई
मिलन गर दुई आत्माको
नयन नयनको जोड गर
फूत्कन नदेऊ समय थुन मुठ्ठीमा
प्रेमपूरको बन राजा रानी
तिमी क्षणमै सारा जीवन जिउनेछौ
मायाका स्वर्गिय जीवन्त शब्द–
हजुर त्यहि शब्दको सागर हुँ म ।

Comments

Popular Posts