वागमती मरीरहेछिन् ।

कोशीमा बाडी जाँदा
हरेक दिन बागमतीले गर्वधारण गर्थीन्,
जन्म दिनथीन् नवशिशुको
मानौ, आज जन्मेको शिशु
घाइते र रोगीहरुको लागि
मलहम र औषधी बनेर जन्मेको छ,
हिजो जन्मेको शिशु
ती भत्किएका पाटपुर्जाहरुमा
नयाँ आकार दिने
हतौडा र हतियार भएर जन्मेका थिए ।

जव कोशीमा बाडी गयो
त्यहि बागमतीले एकदिन
एकान्तमा गर्भधारण गरेकी थिइन्
र जन्म भएको थियो मेरो
जन्मिएका हरेक नवशिशु जस्तै
मानौ, म पनि पीडित र असाहयका लागि
न्याय र साहारा दिलाउनको लागि
पिछडीएका, दबाइएका, पेलिएका, थुनिएका
मुछिएका, थिचिएका हरेक यस्ता आवाजहरुलाई
उनमुक्ति र उल्लाहस दिलाउनको लागि
न्यायदाता भएर जन्मेको थिएँ
सत्यवीर भएर हुर्केको थिएँ
अफसोच,
कोशीमा धेरै चोटी वाडी गयो
र बागमतीको गर्भवाट
त्यस्ता कयौ नवशिशुहरुको जन्म भयो
कठैवरा,
तीनै शिशुहरुका थुप्रीएका लाशले गर्दा
स्वयम् बागमती नै मरिरहेकी छिन्
गर्वधारण गर्न नसकेर होइन
फगत तिनै वेकामी वीरहरुको सराप लागेर ।

Comments

Popular Posts