सपना

सान्नानी,
सपना आखाले होइन
सपना मुटुले देख्नु है
सपना एउटा देख्नु
तर,
मिठो देख्नु है
प्रिय सान्नानी
अङ्करण तिमीलाई
मनबाट झिकेर थोरै सपना
मेरो हातमा पनि राखीदिनु
बस्
त्यो आकाशमा हेरेर
केही माग्दा तिमीले.......ब्रह्माण्डसँग
मेरा पाईला तिमीलाई समर्पण होस्
तर सपना कमजोर नदेख्नु है्
सपना खुव देख्नु
तर सपना अनाथ नदेख्नु है
खवरदार !
विचलीत नहोस् तिम्रो सपना
सहयात्री जीवनको बन्न नसकेतापनि
शुभ चिन्तक त पक्कै हु नि सान्नानीे
नफूल्दै ओइलाएर नझार सपना
मृत सपनाको देह
बाबै गह्रुंगो हुन्छ मृत्यू भन्दा
बोकेर हिड्दा सपनाको लास
रुन्छ चिहान धर्धरी अँधेरी रातमा
यो अकल्पनीय अनपेक्षित मृत्यू
भो सान्नानी भो,
मनको जून जस्तै सपना नझार
आँखाको गुराँस जस्तै सपना नमार ।

Comments

Post a Comment

Popular Posts