बैठक बंक

संविधान सभाको वैठक त हाम्रो कलेजको क्लास जस्तै हुने रैछ नी । रमाईलो छ त लेक्चर सुन्न वस्यो नत्र त बंक । क्या मज्जा रहेछ । कलेजमा हामी कहिले कहिले अल्छी लाग्यो भनेर घाम ताप्न सरहरुलाई छलेर चौर तिर जान्थ्यौँ । कसैले देखेर गाली पो गर्ने हो की भनेर डर पनि हुन्थ्यो । सरले देखे भने कक्षामा छिरीन्थ्यो नत्र त मोवाइइलमा गित बजाएर कान तताउन खुव मस्ती हुन्थ्यो । त्यस्तै संविधान सभाको वैठकमा पनि त मस्ति रहेछ नी । झन् त्यहाँ गाली गर्ने कोही पनि नहुने । सवै गुरु भएपछि कसको के डर ? अर्काको चर्का चर्का नराभाषणले कान दुखाउनु भन्दा त त्यो समयमा अन्तै कतै बाट खोल्ती भरिन्छ वा फाईदा हुन्छ भने त्यस्ता वैठक त जति बंक गरे पनि भयो नि । यहि त हो नि बर्तमान सभसदले हामीलाई सिकाएको पाठ । होइन त सभासद ज्यू ?
पालो आए मात्र उपस्थित हुने, आफ्नो कुरा राख्नु परे मात्र अनुहार देखाउने, अर्काको त मतलव नै छैन हाम्रा माननीय सभासद ज्यूहरुलाई । जनताले अह्र्याएको जावो सानो जिम्मेवरी निभाउन नसक्नेले देशको जस्तो गम्भिर जिम्मेवारी कसरी निभाउन सक्छन् र ? सभासदहरुको यस्तो छाडापन जनतालाई अलि हजम भएन क्या, कमसे कम जनताले विश्वास गरेर संविधान वनाउन संविधान सभामा पठाएपछि जनताको लाज त रादिनुहोस् न तपाईहरुले । केही दिन त बाँकी छ नि, धैर्य गर्नुहोस् । आफ्नो वा दलिय स्वार्थमा ¥याल चुहाएर हिड्नु उपयूक्त नहोला । नत्र त त्यो मस्ति गर्न संविधान सभामा होईन कलेजमै भर्ती हुदा पनि त भैहाल्थ्यो नि सभासद ज्यू, कि कसो ?

Comments

Popular Posts