रतन र सुनीता

रतन र सुनीता दुई जना स्कुले बालबालिकाहरु हुन् । उनिहरु निकै नै चकचके र अटेरी छन् । घर नजिकै स्कुल छ तर उनिहरुलाई पढ्न भने फिटिक्कै मन लाग्दैन । रतन सुनिताको भाई हो । रतन नौ वर्षको भयो तर उसको दिमाग पाँच वर्षको भान्दा टाठो छैन । सुनिता पढाईमा लाटी भएता पनि अन्य कुरामा भने बाठी छे । त्यसैले उसका आमाबुवाले उसलाई नै बढी माया गर्छन् । तर दुवै पढाईमा निकै नै कमजोर भएकाले उनीहरुका आमावुवा निकै नै चिन्तित छन् ।
यो साल रतन ३ कक्षा र सुनिता ५ कक्षामा पढ्दैछन् । उनिहरुको कमजोर पढाईले गर्दा कतै भविश्यमा पनि दुवै लाटा र बेकामी त हुने हैनन् भनेर उनिहरुका गुरुहरु पनि चिन्तित छन् । त्यसैले गुरुहरुले रतन र सुनिताका आमाबुवालाई उनिहरुलाई होस्टल राखिदिन आग्रह गर्छन् । रतन र सुनिता भने होस्टल नबस्ने अडान गर्छन् । उनिहरुलाई होस्टलमा डर लाग्छ अरे । अनि आमाबुवाबाट टाढा हुदाँ पढ्न मन पनि लाग्दैन अरे । तर वास्तवमा उनिहरु होस्टलमा शिक्षकहरुले निकै कडा गर्ने र उनिहरुलाई आमाबुवाको काखको जस्तो स्वतन्त्रता नमिल्ने भनेर डराएका हुन्छन् । हुन त आफ्नो छोराछोरीलाई आखाँको नानीबाट टाढा राख्न कुन आमाबुवाले पो चाहेका हुन्छन् र ? रतन र सुनिता आमाबुवाको सामू खुव रोइकराई गर्छन् । सधै भलादमी बनेर किताव पढ्ने र लगन गरेर मिहेनत गर्ने दुवैले वाचा गर्छन् । त्यसो भनेपछि उनिहरुका आमाबुवाले पनि छोराछोरीलाई होस्टल नराख्ने निर्णय गर्छन् ।
त्यस दिनदेखी रतन र सुनिता दुवै लगनका साथ पढ्छन् । तर त्यसको केही दिन बित्न पाएको हुदैन देशभरि नै विद्युत् संकटको घोषणा हुन्छ । ४ घण्टा, ६ घण्टा, ८ घण्टा गर्दा गर्दै लोडसेडिङ दिनको १२ घण्टा सम्म पुग्छ । यसले गर्दा विचरा रतन र सुनिताले राम्रोसँग मिहेनत गर्न पाउदैनन् । टुकिको भरमा शब्दहरुसँग खेल्न थाल्छन् । बिचरा धेरै पढेर शिक्षाले अशिक्षाको अन्धकार मेटाउनुपर्ने भविष्यका कर्णधार स्वयम् आज अन्धकारमा भविष्य खाजिरहेकाछन् । लोडसेडिङले घट्ने नाउँ नै लिदैन झन् बढ्दै जान्छ ।
रतन र सुनिताको परिक्षा पनि आउछ । तर आफूले बाचा गरेअनुरुपको परिणाम भने उनिहरुले ल्याउन सक्दैनन् र वल्लवल्ल पास मात्र हुन्छन् । अन्त त उनिहरु दुवै आफ्ना आमाबुवाको काखबाट पर शिक्षकहरुको रवोहरमा हास्टेल वस्न वाध्य हुन्छन् ।

Comments

Popular Posts