हजार मान्छेहरुको हजार लास हुन्छ

हजार मान्छेहरुको हजार लास हुन्छ।
जन्मेका मान्छेहरु समय कै दास हुन्छ।।

हाम्रो कलेजी चुडी ईश्वर लगेछ साथ
ईश्वर खोज्नु कहाँ मरि जाने मान्छेको जात
ईश्वर मान्छेहरुको आत्मामा वास हुन्छ।
जन्मेका मान्छेहरु समय कै दास हुन्छ।।

आफ्नो लागि जो मान्छे जिउँछ ऊ मर्छ सधैँ
अरुको लागि जीउने मान्छे जिउँछ सधैँ
जीवन रहन्छ अमर मायाका रास हुन्छ।
जन्मेका मान्छेहरु समय कै दास हुन्छ।।

विहेको जन्ती पनि मलामी हुनुपर्छ
हाँस्ने खेल्नेहरु एक दिन त रुनुपर्छ
सास रहुन्जेल सम्म जिउने आस हुन्छ।
जन्मेका मान्छेहरु समय कै दास हुन्छ।।


Comments

Popular Posts