आह्वान देशको

झोक्रिएर मन्दिरका भुइमा अब शिर नठोक्काऊ
छैनन् रुने कोही तिम्रो दुःखमा व्यर्थ घण्टी नवजाऊ
अत्याचार दमन बिरुद्ध अब एकता जुटाउनुपर्छ
उसै परे मालिक पनि सवै मिली फूटउनुपर्छ

बोल्दैन त्यो मन्दिरको मूर्ती खडा छ पत्थर सरि
जाग लौ बढ तिमी नै अब जाग्दैन त्यो कै गरी
लुट्नु लुटिसके तिनले अब उल्टै लुट चटाउनुपर्छ
उसै परे मालिक पनि सवै मिली फूटउनुपर्छ

भुक्ने कुकुर टोक्दैन रे टोक्ने कुकुर भुक्दैन रे
गाँउ सहर सारा भुक्यो यतिले मात्र पुग्दैन रे
खडा भए शालिकहरु एकै साथ टूटाउनुपर्छ
उसै परे मालिक पनि सवै मिली फूटउनुपर्छ

रामे ,हर्के ,विर्खे ,धने आउ देश उठाउनु छ
तिम्रा खुन चुस्नेलाई सदाको लागि सुताउनुपर्छ
षड्यन्त्रका खात लाग्ला जनमानस तताउनुपर्छ
उसै परे मालिक पनि सवै मिली फूटउनुपर्छ

घुसखोरी टन्न बनी के अर्थले भोक गर्छौ
मानवताका हत्याराहरु किन व्यर्थै शोक गर्छौ
त्यस्तालाई त कुटीकुटी माफी माग्न लगाउनुपर्छ
उसै परे मालिक पनि सवै मिली फूटउनुपर्छ

स्वतन्त्रताका पर्खालहरु निरङ्कुशताका वार हुँदा
राष्ट्रशासन गर्नेहरु राष्ट्रलाई नै भार हुँदा
आऊ अव त्यस्तालाई सदाको लागि मेटाउनुपर्छ
उसै परे मालिक पनि सवै मिली फूटउनुपर्छ

नयाँ नेपाल शान्त नेपाल सवै मिली बनाउनुपर्छ
सहिदका सपनाहरु अब चाडै नै पुर्�याउनुपर्छ
हत्याहिंसा अत्याचार संसारबाट हटाउनुपर्छ
उसै परे मालिक पनि सवै मिली फूटउनुपर्छ

हासीयार अत्याचारी नेपालीहरु जागीसके
सहन गर्न सक्ने सबै सिमाहरु नागिसके
आजैदेखि अत्याचारको नामोनिशान मेटाउनुपर्छ
उसै परे मालिक पनि सवै मिली फूटउनुपर्छ


Comments

Popular Posts