परिवार, समय र परिभाषा

कुनै सुन्दर परिवारमा
सोच्दथे आशीर्वाद हुन्छ
आशीर्वाद दिने हजुरबुवाको न्यानो माया हुन्छ
हुन त
म कल्पना पनि गर्न सक्दिन
हजुरआमाको काख
जो मेरो सुन्दर परिवारको कुनै पात्र थिइनन् ।
त्यसै परिवारमा
मेरो बाबाको परिश्रम लुकेको छ
मेरी आमाको सपना लुकेको छ
र तिनै परिश्रम र सपनासंगै
मेरो कर्तव्य पनि कतै न कतै लुकेको छ
हुन त,
समय मेरो निम्ति थियो
समय सवैका निम्ति थियो
तर पनि,
मेरो सुन्दर परिवारलाई समयले केवल छोएन
अनायासै सुम्सुमाएर गयो र आँधी वनेर
सारा खुसीहरु पलभर मै ध्वस्त पा¥यो ।
मलाई लाग्दैन थियो
हिजो मात्र फुल्न लागेका खुसीहरु
यति चाडै ओइलाएर झर्छन् भनेर
अनि मैले सोचेको पनि थिइन
मलजल गर्दा गर्दै पनि
कोपिला लागेको अर्को खुसी
बिनार्थ कसैले चुडिदिनछन् भनेर
हुन त,
समय हरपल कहाँ उही हुन्छ र ?
हिजो सुखको परिभाषा सिकाउने समय
आज दुःखको तात्पर्य वताउदै छ
कहिले प्राप्तीमा वधाइका हातहरु हल्लाउने गर्दथ्यो
र आज
तिनै संवेदनाका कविताहरुमा
मेरो परिवारलाई पात्र वनाएर
विरह संक्षिप्तमा गाइरहेको छ समय
भविश्यको सुखद् लोभ देखाएर
सान्त्वनाका शाव्दिक पाठ पढाइरहेको छ समय
म विवश वनेर केवल हेरिरहेको छु
समयको शव्दार्थ नाइन्साफीको पर्दामा
र कुरिरहेको छु भोलीको उज्यालो विहानी
किनकी,
मन रोइरहेको वेला
न त म लेख्न सक्छु
न त म वोल्न सक्छु
केवल सोच्दछु – सुन्दर परिवार ।।

Comments

Popular Posts