माननीय मन्त्री र जाननीय जनता

आजकल हाम्रा माननीय नेताहरुको आफ्ना कार्यकर्ता र जनताप्रतिको असिम प्रेम देखेर आश्चर्य आग्छ र लोभ पनि लाग्छ । हाम्रा नेताहरुका दुईवटा देख्ने विलक्षण क्षमताले त अल्लरी विल्लरी बनाएको छ मलाई । एकातिर जनता जनता भन्दै जनतालाई शिर खसाल्ने अर्को तिर त्यहि जनताको रगतको आहालमा अगरवत्ती सल्काउने । हुन त बाध्यताले पनि त्यसो गर्नु पर्ने होला विचारा माहापुरुषलाई । भन्छन् राजनीति कुर्सीकै खेल हो रे । कुर्सी कै लागि फर्सि लिएर जनताको अगाडी हात तेर्साउछन् नेताहरु । फेरी जनताकै पाठ रट्नेहरु, कुर्सी पाएपछि जनता कुन दुलोमा छ खाज्न मुसालाई त मुस्कील पर्ला फेरी तपाई त महान् नेता । तर जनता नभए कुर्सी कहाँ, हैन नेता ज्यू ?
आजकल चलन नै यस्तो बसेको छ कि जनता नदुब्लाएसम्म नेताहरु नमोटाउने । हुन त जनताले च्यातिएका लुगा नलगाएसम्म हाम्रा नेताहरुलाई कमिज र दौरा सुरवाल कहाँबाट आउने ? जनताहरुले झुपडी र छाप्रो भित्र बसेर खोले र ढिडो नखाए सम्म तिनै महापुरुषहरुले ठूलाठूला महल र पाँचतारे होटलमा सेमिनार, पार्टी र फन्सनमा रमझम कसरी गर्ने ? जनताले हलो र कोदालो बोकी पाखो पखेराका चट्टानहरु नफूटाएसम्म प्लेनमा चढेर बिदेशका महङ्गा ठाउँहरुमा कसरी सयर गर्ने नेताहरुले । फेरी नेता भएपछि कि जनता कि आफ्नो सेवा त प¥यो नि । अनि यदि जनताहरु अँधेरीमा नबसिएदिएको भए, लोडसेडीङ्गको मारमा नबाचिदिएको भए के नताहरु बिजुलीमुनी ओत बसेर जनताबाट लुटेको धन ¥याल काडी गोजीमा घुसाउन पाउँथे ? एक छाक नपाएर पनि जनताले नेताहरुलाई अघाउन्जेल ख्वाएका छन् । तर पनि कति नपचेको हो हाम्रा नेताहरुलाई, घुस नखाए त निदै्र नआउने जसतो । विचरा गरिव जनताहरु प्सिना काढी काढी श्रम गर्छन्, देश नदुब्लाओस् भन्ने चिन्तैचिन्ताले आफू दुब्लाएर पनि देशलाई बचाउन चाहन्छन् । खै बुझेका नेताहरुले जनताको पीडा ? जनताको श्रम र विदेशीको दानको ठेक्का लगाउन आफ्नै भुडीलाई भण्डारन बनाएर राखेका छन् हाम्रा महापुरुषहरुले । वा नेता ज्यू, अरुको आँसूको पनि मोल लगाउन सक्ने तपाईको दिमागलाई माने बा मैले, जय भुँडी । देशको विकाश गरे पछि सहयोग कसले गर्ला भनने चिन्ता लिनु भएको होला । जनताको रगतमा पनि खै कस्तो तागत रहेछ कुन्नी । यस्तो तागतिलो र तेजिलो दिमाग बनाइदियो तपाईहरुको । जनताकै आडमा कुर्सीमा टेक्नुभयो । त्यही रगतको कमाल हुनुपर्छ यति चाडो कुर्सीको आडमा जनतालाई नै कुचल्न सक्ने बन्नुभएको छ । हुन त अनेक थरिका योजना परियोजना र संन्धीहरुबाट टन्नै मोटाईन्छ भन्ने सुनेको थिएँ, कि अचेल विहान विहान योग वा जिम गर्न थाल्नु भयो नेता ज्यू ? अनि नेता ज्यू, यतिका भोजन अलि हजम नहोला है, बेलैमा पाचक खानुहोस् नत्र त कंसिरी तातेर जनतालाई नै अपच भयो भने तपाईँको त कुनै खैरियत देख्दिन नि फेरी ।
अनि नेता ज्यू, अचेल के हो यस्तो “काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर” । संविधानसभामा त संविधानको ठूलो रन्को छ । फेर ितपाईका मुखराविनदुबाट पनि संविधानकै कुरो फुरेका हुन्छन् । तर आश्चर्यको कुरा तपाईहरु भाषण गरेर मात्र संविधान बन्छ भन्ने सोच्नुहुन्छ कि कसो ? कि तपाईहरु यसरी एकातिर आफ्नो कार्यकर्ताको अगाडी महापुरुष बनेर भाषण गर्दै हिड्ने, जनतालाई मुर्ख सोचेर संविधान सँगै नयाँ नेपालको झुठो सपना देखाउने अनि अरु दलका नेताहरुसँग पौठे जोरी खेल्दै जाने र संविधान भने के उता अफै लेखिदै जाने हो ? हुन त विज्ञानको जमानामा वैज्ञानीकहरुले गर्न नसकेको चमत्कार गरेर तपाईहरुले संविधान आफै लेख्न सक्ने मेसिन बनाउनु भएको भए म विज्ञानको विधार्थीले पनि जानकारी पाऊँ है ।
नेता ज्यू, यतिका ठूलो राष्ट्रिय ढुकुटी र जनताको रगत अनावश्यक भ्रमण, पार्टी, सेमिनार र गोष्ठीमा खर्च गर्ने तर त्यसको कुनै सकारात्मक प्रतिफल नआउँदा हामी जनतालाई त साहै्र मर्का पो पर्छ त । फेरी अहिलेको लोडसेडिङको मारम हामी विद्यार्थी मात्र नभएर देशको आर्थीक, प्रशासनिक तथा अन्य क्षत्र पनि पीडित छ । यो त राष्ट्रकै लागि घाटाको कुरो भएन र नेता ज्यू । तर कुर्सी भन्दा प्यारो अरु के नै हाला र नेता ज्यूलाई ? जनतालाई बिजुलीको अध्याँरोमा राखे भन्दैमा उनिहरुको बैचारिक, बौद्घिक र सारिरिक शक्तिमा पनि अध्याँरोमा राखे भन्ने भ्रममा त पर्नु भएको होइन नेता ज्यू ? नआत्तिनुहोस्, माया र विश्वास गरेर जुन जनताले तपाईलाई कुर्सीमा पु¥याए नि, तपाईहरुलाई त्यहि जनताहरुले लात मारेर कुर्सीबाट पछारे भने हामीलाई कुनै आश्चर्य हुनेछैन । बरु हामी सँगै एउटै पिडीमा बसेर संविधानका शब्द लेख्न सिकौला नि, हुदैन र मन्त्री ज्यू ? जाननीय जनता न प¥यौँ माननीय मन्त्री ज्यूलाई निःशुल्क पाठ सिकाई हाल्छौँ नि ।

Comments

Popular Posts