मैले देखेको मृत्यू – सपना

मैल सपना देखेँ
सपनामा मृत्यू देखेँ
जिन्दगीको बाटोमा फुल्ने सुन्दर फुल देखेँ ।

मेरो सपनाको मृत्यू
अन्धकारमा आएन
अन्धकार भयो,
ऊ आयो उज्यलो भयो,
ऊ ढ्याङ्ग्रो बजाएर आयो

जिन्दगीको बाजामा बज्ने
मिठो धुन देखिन्थ्यो मृत्यू
मेरो सपनाको मृत्यू
धक फूलाएर आयो
सवै उठे, ढोका खोले
हार्दिकता देखाएर बोलाउन खोजे मृत्यूलाई
तर मृत्यू लौरो टेक्दै
टकटक म भएको ठाउँ आयो
मृत्यू मेरो ढोका अगाडि आयो
ढक् ढक् मृत्यूले ढोका ढकढकायो
मैले ढोका खोलीदिएँ
र अरुले जस्तै मुस्कानको थालीले
मेरो सपनाको मृत्यूलाई स्वागत गरेँ
तर मेरो मृत्यू भित्र पसेन
करुणाले मलाई हेरिरह्यो
तरुण जोशमा आएको मृत्यू
मलाई देख्नसाथ टोलाउन थाल्यो
र तप तप आँखाबाट पोखिदै भन्यो
 “मैन पग्लियो अरे ।”

Comments

Popular Posts