मेरी माया मेरो गित हौ


मेरी माया मेरो गित हौ, नबिझाउने जिन्दगीको मिठो प्रीत हौ ।
दुनायालाई यो जलन हुन्छ, जब आकाश धरतीको मिलन हुन्छ ।।
मेरी माया.....

मेरो मुटुका कुरा यदी शब्द नबन्दै हराए भने,
तिम्रो नामको श्वास मेरा धड्किएर पराए बने,
मार्नेछु मन, त्याग्नेछु जीवन, भयो बाचा मेरो तिमीलाई ।

तिमी हार तिमी जित हौ, नबिझाउने जिन्दगीको मिठो प्रीत हौ ।
मेरी माया मेरो गित हौ, नबिझाउने जिन्दगीको मिठो प्रीत हौ ।।
मेरी माया.....

आफ्नो हाँसो हारे पनि, तिम्रो खुसी जित्नेछु म,
चाहे लेखोस् दैब बिछोड, भाग्य रेखा मेट्नेछु म,
लड्नेछु म, दुनिया सँग, बरु हुन्छु आफै बरबाद ।

जिन्दगीकै एक रित हौ, नबिझाउने जिन्दगीको मिठो प्रीत हौ ।
मेरी माया मेरो गित हौ, नबिझाउने जिन्दगीको मिठो प्रीत हौ ।।
मेरी माया.....

Comments

Popular Posts