लुकिरहेको आवाज

एउटा वस्तीमा
सम्भावनाका रातहरु
विहानीमा अनुवाद नहुँदा
सूर्य लुकिरहेछ
सत्य लुकिरहेछ ।
त्यही वस्तिमा
सन्त्राशका जंगली काँडाहरु
अनिश्चिततामा बाँचिरहदा
प्रकृति लुकिरहेछ
निश्चितता लुकिरहेछ
लुकिरहेका सत्य र निश्चितता
विवशतामा परिणत हुँदा
आज वस्ती लुकिरहेछ
वस्ती भित्रका जीवनहरु
मलामी वनेर
आफ्नै समाधिमा सुतिरहेका छन्
नतमस्तक, स्वतन्त्रतालाई खोज्न
निर्दोषहरु आफ्नो दोश खोजिरहेछन्
वस्ती आवाज खोजिरहेको छ
तर विडम्वना
सत्य लुकेको वेला
वस्ती लुकीरहेछ
शव्द लुकिरहेछ
वस्ती भित्रका आवाज लुकिरहेछन ।।

Comments

Popular Posts