सपना

प्रत्यक पल्ट म सपना देख्छु
सपना गह्रुँगो छ बाबै
म सपनालाई उठाउन खोज्छु
सपना अपाङ्ग छ बाबै
सपना आखाँबाट झरेर
भुइमा लम्पसार सुतीरहेको छ
म सपनालाई आफ्नी प्रियसी झैँ
सुकोमल देहको अन्तपुरमा
स्पर्श गराउन चाहान्छु
सपना आफै अलौकिक छ
सपना औधी मीठो छ
सपना जून जस्तै छ बाबै ।

Comments

Popular Posts