बिर्सूँ भने अब तिमीलाई भूल भयो याद आयौ

बिर्सूँ भने अब तिमीलाई भूल भयो याद आयौ।
बिछोडले मुटु चुड्यो टाढा गयौ याद आयौ।।

एकै छिनमा तिमी गयौ खुसीहरू साथ गए।
अन्धकार भो दिन मेरो रात भयो याद आयौ।।

एक्लै गयौ कुन संसारमा दुःख सारा आफै सह्यौ।
पल�पल मीठा कल्पनामा वात भयो याद आयौ।।

मनको पीर विसाउने चौतारी नै भत्किगयो।
बदनाम भो आफ्नो छाँया घात भयो याद आयौ।।


Comments

Popular Posts