सपनाको सहर

"बुबा-ममीलाई जत्तिकै माया गर्छु हजुरलाई । हजुर बिनाको जीन्दगीको म अब कल्पना नै गर्न सक्दिन ।" उसले यति भन्दा लाग्यो मैले मेरो जिन्दगीको माया पाएँ ।
पानी पर्दा खुसीले कराउने भ्यागुता जस्तै मलाई पनि ट्वार् ट्वार् गर्दै कराउदै नाच्न मन लाग्यो । पानी सँगै, उसको मायामा भिजेर । तर होईन, जवानीको माया पाउन उमेर, रंग, थोरै रस, अनि केही रहर भए पुग्ने रहेछ । रुप पनि नचाहिने । तर जिन्दगीको मायाँ पाउन निकै गाह्रो रहेछ बाबै ।

Comments

Popular Posts