"Art on Wall" by Achyer Samuha, Chitwan




eKantipur.com
चितवन, श्रावण ३२ -


सहरबजारस्थित सरकारी कार्यालयका पर्खाल प्राय: राजनीतिक दलका नाराहरूले छोपिएका हुन्छन्। कि विभिन्न संघसंस्थाका व्यावसायिक प्रचारले। यस्ता विज्ञापन नाराले सहरलाई दिनानुदिन कुरूप बनाइरहेको अवस्थामा यहाँ भने फरक प्रयासको थालनी गरिएको छ।
अक्षर समूह चितवनले सार्वजनिक पर्खाललाई रंगीन बनाउन थालेको छ। उसले पर्खालमा सन्देशमूलक चित्र कोरेको छ। कलाकारको पहिलो रोजाइमा दैनिक चहलपहल हुने जिल्ला विकास समितिको मूल गेटको पर्खाल बन्यो। पहिला पर्खाल वरिपरिको झाडी सफा गरियो। पछि देशका विभिन्न ठाउँबाट जम्मा भएका कलाकारद्वारा पर्खालमा कला भर्ने कार्य गरियो।सार्वजनिक पर्खालहरूलाई कलात्मक सन्देशमूलक हाम्रो प्रयासनारासहित डेढ दर्जन कलाकारले रंगहीन पर्खाललाई रंग भर्ने काम गरे। शुक्रबार शनिबार कलाकारले आफ्नो मेहनत पर्खालमा चित्र कोरेर देखाए।
यसरी सबैको नजर पर्ने ठाउँमा आफ्नो कला देखाउन पाउँदा मन प्रफुलित हुन्छ,’ चितवने कलाकार डी बरालले भने, ‘यस्ता सन्देशमूलक चित्र बनाउँदा सबैतिर सकारात्मक सन्देश जान्छ।पर्खालमा चित्र बनाउन पाउँदा कलाकार दंग देखिन्थे। चित्रमार्फत बाल अधिकार पर्यावरण, संस्कृति, उत्सव लगायतबारे देखाउने प्रयास गरिएको छ।पर्खालमा चित्र बनाउने कार्य सोचेभन्दा राम्रो भयो,’ आयोजक अक्षर समूहका अध्यक्ष भूपिनले भने, ‘यस्तो चित्रले सहरमा सौदन्र्य थप्ने काम गर्नेछ।उनले अहिले देशका विभिन्न सहरबाट चित्र बनाउनका लागि निम्तो गर्न थालेको बताए।
जिल्लाबाहिरका कलाकारहरू मनीष हरिजन, रामबहादुर ठाडा, अमृत सुनारी मगर, प्रदीप राई, आशुतोष श्रेष्ठ, दिनेश थापा लक्ष्मण श्रेष्ठको उपस्थिति थियो। त्यस्तै, चितवन नवलपरासीका प्रकाश थापा, लालकाजी लामा, तमबहादुर पुन, माया थापा, डी बराल, सावित्री राना, राजकुमार चन, टीकाराम मानन्धर, सागर कार्की राम भट्टले आफ्नो कला पर्खालमा उतारे।

यो पहिलो प्रयास हो,’ अध्यक्ष भूपिनले भने, ‘अब यसलाई अभियानको रूपमा देशका अन्य सहरमा पुर्याउने छौं।उनका अनुसार कलाको माध्यमबाट सान्दर्भिकता समाप्त भएका नारा विज्ञापनको ठाउँमा कला भर्ने, जनचेतना जगाउने, कला साहित्यको बीचमा भएको अन्योन्याश्रित सम्बन्धलाई पुष्टि गर्नु अभियानको मुख्य उद्देश्य हो।कलाकार विभिन्न रंगद्वारा कविता लेख्छन्, कविहरू शब्द बिम्बद्वारा कला भर्छन्,’ उनले थपे, ‘यही सम्बन्धलाई पुष्टि गर्न यो अभियान चलाएका हौं।अभियानले चितवनको कलाको विकास समेत गर्ने उनको ठम्याइ छ।  

Comments

Popular Posts