सपनाको सहर

रहर होईन मेरो वाध्यता हो । समयको एक कुनामा बसेर थोरै टोलाईरहेको छु । जिन्दगिका प्रत्येक पलमा मैले तिमीलाई नै माया गरे । तर मेरो बाध्यतालाई कमजोरी ठानेर तिमी आरोप लगाउदैछौ आज । भन्दैछौ मैले तिमीलाई माया गरिन ।

मन रोएको हुन्थ्यो त्यैपनि कयौ पटक म तिम्रो लागि हाँसे । त्यसमा तिमीले माया देखिनौ ? कहिलेकाहि साथीहरु तिमीलाई सोद्धथे,"तेरो ब्वाई फ्रेण्ड छैन ?" तिमी उदाश हुन्थ्यौ । तर म त्यतिखेर निर्लज्ज आ...फैलाई बेचिदिन्थे । तिमी खुसी हुन्थ्यौ अनि मलाई अंगाल्थ्यौ । त्यसमा तिमीले माया देखिनौ ?
ठिकै छ मैले माया गर्न जानिन । सम्भव त अब माया गर्न पनि सक्तिन । आज जिवन रुदाँ थोरै टुक्रिएको छु, तिमी खुसी छौ तर म चौटिएको छु । एक्लै छोडिन तिमीलाई, दुःखी छोडीन तिमीलाई । टाढा हुदैछु आज, झुकिएर मेरो याद आउदा मन दुःख्न सक्छ । गाली गर्नु, घ्रीणा गर्नु, बरु बिर्सीदिनु । तर मेरो लागि आँशु नझार्नु । थोरै हाँसो बचाएर राखेको थिए, कोशेली तिम्रो लागि । (सपनाको सहर)

Comments

Popular Posts