गित 5

ए दिल जलाई गयौ ।
मनको तलाब चलाई गयौ ।।
ए दिल.....

बजारमा बिक्ने दिल तिम्रो रैछ
गरिब मान्छे किन्नै सकिन
निश्चल माया दिएकै थिए
तिम्रो नौटङ्की चिन्नै सकिन
मन मेरो रुलाई गयौ ।।
ए दिल......

जनम जनमको साथ हाम्रो भन्थ्यौ
बदलियौ किन सपना देखाई
सुन्दर घर मन्दिर झै हाम्रो
बनाउछु भन्थ्यौ हरदिन मलाई
त्यै मन्दिर ढलाई गयौ ।।
ए दिल......

Comments

Popular Posts