INGOs को मनपरि

हामी गरिब छौँ, हामी माथी नै प्राकृतिक बिपत आईपर्छ तर यसको अर्थ हामी जसले जे दिए पनि शिर थाप्छौ भन्ने होईन विवस छौ तर कमजोर बिल्कुल छैनौँ
भर्खरै देशलाई बिनाशकारी भुकम्पले रुवाएर गयो तर सँगै गरिव देश रोईरहेको डकुमेन्ट्री बनाएर आफ्ना डोनरहरुलाई बेच्नका निम्ती कयौ  INGOs हरु सकृए देखिए UNFPA, DFID, WFP, Amnesty International, RedCross, Save The Children जस्ता INGOs हरुको मनपरि देख्नु पर्दा मन खिन्न भयो राहतका नाममा धर्मको प्रचार गर्दै हिड्ने, बिवस छन् भन्दैमा कुहिएको चामल बाड्ने, बच्चाहरुलाई पढाईदिन्छौ भन्दै सरकारी प्रकृया पुरा नै नगरि परिवार बाट अलग गर्ने, Media साथमा भए मात्र राहतको काम गर्ने, आएको Donations को दुरुपयोग गर्ने, आवश्यक परेको ठाउमा भन्दा पनि जहाँ सजिलो त्यही मात्र केन्द्रित रहने जस्ता निकैनै लज्जास्पद साथै गैर जिम्मेवार गतिविधीहरु देख्न सुन्न पाईयो
राष्ट्रको सम्बेदनशिल समयमा यस्था गलत नियत भएका INGOs हरुको मनपरिलाई चुपचाप सहेर बस्नु भनेको देश कमजोर लाचार हुनु हो हुन आफ्नो गोजी भर्न तम्सिएकाहरुलाई यो अवसर नै बनेको

तर सलाम नेपाली युवाहरु जो आफ्नो आगन छोडेर अर्काको घर बनाउन हिडे, जो आफ्नो चोट भुलेर अर्काको घाउमा मलहम पट्टि लगाउन हिडे, जसले आफ्नो भकारीको अन्न बोकेर अर्काको भोक मेटाउन हिडे जुन बेला देशलाई आवश्यक पर्यो त्यो बेला नेपाली युवाकै जोश काम लागेको हो जब घाउ सेलाउदै गए, प्रकृतीले तर्साउन कम गरिन् अनि गाडी गुड्न थाले बाटो खुल्न थाल्यो तब मात्र देखिन थाले गाउँघर तिर चिटिक्क सुग्घर मान्छेहरु

Comments

Popular Posts