देश हाम्रो हो । आफ्नो देश आफै बनाऔ ।

भर्खरै "पुननिर्माणको लागि बाबुरामको सोचपत्र" भन्ने लेख पढे । मननै चस्स छुने केही नयाँ कुरो नै भेटिन । हो देशलाई प्रवीधी र पुवाधारको खाचो छ । त्यो पहिले पनि थियो । हाम्रो देश जहाँ बिकासको नाममा बजेटको लगानि को आधा भन्दा बढि रकम नेता र पदाधीकारीहरुको भुडी भर्न खर्च गरिन्छ, जहाँ क्यासकेड सिस्टममा रकम विनियम हुन्छ, जति निकासा हुन्छ त्यो अन्त्यमा खुम्चीएर सानो हुन्छ । गतिलो काम नभएर कयौँ प्रोजेक्ट अलपत्र परेको उदाहरण धेरै छन् । सरकारी प्रोजेक्ट नै गुणस्तरहिन हुने, नेता र अन्य सरकारी कर्मचारीहरु नै भ्रष्टचारी र लाचारी हुने र बजेट सक्न पुर्वतयारी बिना नै प्रोजेक्ट सुरु गर्ने जस्ता समाचारहरु पनि धेरै आएका हुन् ।

झन् देशलाई नै रुवाउने बिनाशकारी भुकम्प आए लगतै राष्ट्रिय नवनिर्माण तथा पुनर्निर्माणका अलग अलग अवधारणा आईरहेका छन् । नजिकै दाता सम्मेलन आईरहदा सरकारलाई यसको खाका तयार गर्न हतार भईरहेको देखिन्छ । हो यो राष्ट्रलाई एउटा अवसर हो तर यस्तो अवसरलाई मागि खाने भाडो बनाउनु ठुलो राष्ट्रघात हो । दाता सम्मेलनमा पैसा भन्दा पनि बढि प्रविधीको माग गरिनु पर्दछ । हाम्रै देशका युवाहरुमा ठुलो क्षमता, लगन र सम्भावना छ । बरु उनिहरुलाई उचित तालिम, शिक्षा र परामर्श दिएर राष्ट्रमा रोजगारको अवसरको सिर्जना गरिनु पर्दछ ।

नमुना गाउँ र नमुना सहर बनाउने सोच केवल बाबुरामको मात्र होईन । राष्ट्रप्रेम भएका जो कोही प्राविधिकहरुको सोच हो यो । तर जनताको मनोभावना मिचेर देशमा कुनै नवनिर्माणको काम हुन सक्दैन । प्रथम त नमुना गाउँ र नमुना सहरको स्फटिक खाका तयार पारेर हरेक नेपालीहरुलाई बुझाउनु आवश्यक छ । उक्त संरचनाको निर्माणमा के कति खर्च लाग्ने र खर्च विनियमको लागि विश्वासिलो प्रकृयाको खोजी गर्नु अर्को जरुरी देखिन्छ । र त्यो संरचनाको निर्माण सम्भव छ या छैन भन्ने कुराको मुल्याङ्कन गर्नु पनि त आवस्यक छ ।

भारत र चिनमा यस्ता संरचनाहरु निर्माण भईसकेका छन् । त्यसका प्रोज् र कन्स् हरु उनिहरुको अनुभवबाट थाहा पाउन सकिन्छ । उनिहरुसँग भएका दक्ष जनशक्तिहरुको सहयोगले नेपालमा नै धेरै जनशक्तिहरु जन्माउन सकिन्छ । हालै प्रधानमन्त्री राहतकोशमा जम्मा भएकै रकमको सहि उपयोग भएको देखिदैन । केही आईएनजिओ र एनजिओ ले बनाईदिएका घरहरु पनि सुरक्षित र टिकाउ देखिदैनन् । एस्तो अवस्थामा दाताहरुसँग फेरी पैसा मात्रै मागेर लालची पेटको तिर्खा मेटाउने दुश्साहसले अर्को दुर्घटना निम्त्याउन सक्छ ।

हामी विवस छौ कमजोर होईन । देशलाई आईएनजिओको अड्डा बन्न नदिउ । देशकै जनशक्ति र पुर्वाधारको सहि उपयोगबाट नै राष्ट्रको पुननिर्माण गरिनु पर्दछ । गरे नसकिने के छ र रु दताहरुको सहयोगको दुरुपयोग हुनुहुदैन । अनि अरुले गर्छन् कि भन्ने आशामा निराश भएर बस्नु पनि हुदैन । देश हाम्रो हो । आफ्नो देश आफै बनाऔ ।

Comments

Popular Posts