उदाश

तिमी छौ र त मायाको आश छ ।
जसै फूलमा मिठो सुवास छ ॥

म नखरा गर्छु तिमी गालि गर्छौ
अनि लाग्छ जिवनमा प्रकाश छ ॥

दुर हुन्छौ, म खाली खाली हुन्छु
नजिक हुँदा सारा आकाश छ ॥

छुट्दैन धर्ती आकाशको साथ
त्यैपनि मन किन उदाश छ ??

Comments

Popular Posts