जब साँझ शुन्य हुन्छ

जब साँझ शुन्य हुन्छ, अनि रात ढल्दै जान्छ ।
एकान्तमा यो मन तिमीलाई खोजीरहन्छ ॥

दिनको उजेलोमा सबै साथ दिन्छु भन्छन्
आज तिमीसँगै अधेँरीमा जुन छुने मन छ ॥

देख्छु जब तिम्रो मुहार उड्छ मन आकाशमा
खोजि ल्याउदा जहिल्यै पनि भागि जान्छु भन्छ ॥

माया गर गाली गर, तिम्रो नशा चढिसक्यो
जहाँ जहाँ जान्छौ तिमी यो मन त्यतै बहन्छ ॥

खुसी दिदा आँशु नदेऊ, छिया छिया हुन्छ मुटु
जहर पिलाउ रहरले मृत्यु बरु सहन्छ ॥

Comments

Popular Posts