म हुँ भोलिको नयाँ नेपाल

"म हुँ भोलिको नयाँ नेपाल"

तिमी देशलाई माया गर्छौ भने
आउ मलाई पनि माया गर
म भोलीको डाक्टर हुँ
ईन्जिनियर, वकिल र व्यवस्थापक हुँ
चाकडि र चाप्लुसी मिठो लाग्छ होईन ?
आऊ मेरो आज्ञा सिरोपर गर
म भोलीको नेता हुँ
हाकिम र सचिव हुँ
तर तिमीलाई त भोलीसँग कुनै मतलब छैन
मनपरि गर
खेलाऊ, चिमोट अनि च्यातेर हेर
जती सक्छौ चलाउ मेरो बर्तमान
रगताम्य वेहोसीमा लडिरहला
अँह
बिल्कुलै रुनेछैन मेरो भविश्य ।

म त कलिलो छु, काँचै छुँ
तिमी बहादुर छौ, जोशिला छौ
तिम्रो रगतमा क्रन्ति छ
तर
कठै !
तिमी माथी दया लागेर आउछ
आफूलाई राष्ट्रप्रेमी भन्छौ
देशको झण्डा छातीमा टासेर
सडक सडक दौडन्छौ
तर
ए मेरे देशका ज्यानहरु हो !
देशको छातीमा आगो सल्काएर
नयाँ नेपाल बनाउछु भन्दा
तिमीले अलिकति पनि सोचेनौ ?
बर्तमानको नेपाल त अझै पनि पुरानै छ
उस्तै छ, खोक्रो अनि खाली
भत्किएका पार्टपुर्जा छन्
च्यातिएका बदन छ
हो नाङ्गो छ बर्तमान
भोको छ बर्तमान
अनि तिमीले चाहेको नयाँ नेपाल त
भोली हो
केवल भोली ।

यदि नयाँ नेपाल बनाउन चाहान्छौ भने
बन्द गर मेरो बर्तमान मार्न
घाईते छ बर्तमान
वरु सक्छौ त ओखति लगाऊ
माया गर
आऊ पहिले मलाई बनाऊ
नयाँ नेपाल बनाउन चाहान्छौ होईन ?
म हुँ भोलिको नयाँ नेपाल ॥

Comments

Popular Posts