आउनेछु फर्केर

यो दुःख मेरा ब्यथा र पिडा सुन्दिने को छ र ?
दुःखेर मन मै आँशु झार्दा सँगैको रोछ र ??

सम्झना आउछ त्यो घरको छानो हुरिले उडाको ।
निष्ठूरी झरी उर्लेर सारा सपना बगाको ॥

मै दुःखी हजुर मुग्लान पसे सानुलाई रुवाँउदै ।
बिर्सेको छैन सम्झन्छु देश रगत चुहाउदै ॥

हर दिन आँशु खस्दछन् यहाँ भाग्यलाई धिक्कार्दै ।
रुदै पो होलीन् ति बुढी आमा छोरालाई पुकार्दै ॥

टाल्नेछु छानो घरको सानु चुहिदैन चर्केर ।
रहुन्जेल साँस छ मनमा आश आउनेछु फर्केर ॥

Comments

Popular Posts