भावना

1. गलफ्रेन बनाउदा आजकल दिल होईन बिल हेर्नु समझदारी हो जस्तो लाग्छ । मेरै अगाडि साथी जोगि बनेको देख्दा भाग्यमानी रहेछु जस्तै लाग्यो । धन्न कसैले पत्याएका छैनन् नत्र त म पनि जोगि नै हुने थिए होला । :पी

2. सपना त यस्तो देख्नु जो टुट्दै नटुटोस् । तर जब सपना टुट्छ तब मन छाती चिरेर रुन्छ, त्यैपनि आवाज भने बिलकुलै आउदैन । 

3. सधै एउटै डर लाग्छ कहि कतै आज कसैको मन त दुखाईन ? सचेत हुदाहुदै पनि भावनामा बग्दा गल्ती हुदोरहेछ । र सजाए बिचरो मनले पाउदो रहेछ । कठै मन त सधै रोईस्, अनि कठै म तेरो आँशु पुछीदिने रुमाल बन्न सकिन ।

4. माया मनले गर्ने हो । आँखाले त केवल चाहाना गर्छ । चाहेको कुरा सबै कहा पाईन्छ र ? सच्चा मनले माया गर्ने हो भने पक्का पाईदो रहेछ । 

5. मेरो एउटा बानी छ, म धेरै सोच्दछु । त्यही सोचले कहिले काँही मलाई बहादुर बनाईदिन्छ अनि कहिले काही निरिह पनि । तर मेरो एउटा खुबी छ । बहादुर होस् या निरिह मेरो मुहारमा हाँसो भने कहिल्यै छुटेको हुदैन । हाँस्नु र हँसाउनु सायद यो नै मैले जिन्दगीमा सिकेको सबैभन्दा मिठो कुरा हो ।

खुशी यसकारण छु यसले मलाई अरुभन्दा अलग बनाईदिन्छ । दुःखी यसकारण छु, यसैले अरुबाट टाढा पनि बनाईदिन्छ । वा सोच गजबको छस् तँ — सलाम मेरो ।

6. मलाई यो संसार सुन्दर लाग्छ । यहाँ हरेक थरीको रंग भेटिन्छ । ति रंग भित्र म सिर्जना देख्छु । जब मन रोएर आउछ, आँखाबाट बगेको आँशुलाई म रंगहरुमा मिसाएर पिडा र विछोडको चित्र कोर्छु । अनि त्यो चित्रलाई हेरेर म आफै मुस्कुराउछु ।
 

Comments

Popular Posts