हिम्मतको खाचो छ
१७औँ शताब्दि पहिले मानिसहरु सोच्दथे सुनारको छोरो कवि हुन सक्दैन, कामीको छोरो नेता बन्न सक्दैन, पण्डितको छोरो कलाकार हुन सक्दैन । बिस्तारै २०औँ शताब्दि पछि मानिसहरुमा Psychological बिकाश हुदै गयो । अनिहरुले बुझ्न थाले कि पेशा जन्मसिध्द होईन कर्मसिध्द हुने रहेछ । र त हलिको छोरोले हलो समात्न छाडेर कलम समात्न थाल्यो, सुनारको छोरोले सुन पगाल्न छाडेर कानुन पढ्न थाल्यो ।
अहिले हामी २१औँ शताब्दिमा आई पुगेका छौ । यो त प्रजा राजा बन्ने समय हो । तर अझ पनि हामीले आफ्नो क्षमता बुझ्न नसकेर अरुको चाकडी र गुलामी गरिरहेका छौ । भाग्यमा लेखेको छैन भनेर सपनालाई परैबाट मार्ने आदत परिसकेको छ हामीलाई । पदम कुमारले आँट गरे र त आज सबै नेताहरु झसंग छन् । कसले सोच्न सकेको थियो र त्यस्तो कमजोर पारिवारीक अवस्था भएको मान्छेले त्यति आँटीलो काम गर्न सक्छ भनेर । यहाँ राम्रो नराम्रो छुट्टाउने समय कसलाई पो छ र ? तर जे होस् उनले आफ्नो भाग्यलाई धिक्कार्दै बसेनन्, बरु त्यसलाई गतिलो सँग तमाचा लगाई दिए । तपाई हामी पदम कुमार भन्दा के कम छौ र ? अझै पनि हातको रेखा कहिले परिवर्तन हुन्छ भन्दै कुर्दै बस्ने हो भने तपाई २१औँ शताब्दिमा जन्मनुको कुनै औचित्य छैन । उपाय छ, मात्र तपाई हाम्रो हिम्मतको खाचो छ । नत्र भने नजिकै खोला हुदा हुदै आकाशको पानी कुरेर बस्नु जस्तो मुर्खता अरु कुनै हुन सक्दैन ।
Comments
Post a Comment