देवहशान भयो यो जिन्दगी (गित)

देवहशान भयो यो जिन्दगी मन दुखेर मरि गयो ।
याद थियो एउटै साहारा त्यै पनि टुटेर झरि गयो ।।
देवहशान भयो यो जिन्दगी.....

धुजा धुजा सपना मेरा समेट्न खोजे विलाई गयौ ।
रोएको मनलाई पर्वाह नगरि झन् ठुलो चोट दिलाई गयौ ।।
देवहशान भयो यो जिन्दगी.....

अलि अलि त पिउदै थिए, भुलाई तिमीलाई जिउदै थिए ।
सपनाझै फाट्यो मन पनि, सम्झाई बुझाई सिउदै थिए ।।
देवहशान भयो यो जिन्दगी......

के गल्ती गरे र पार भयौ ? छोडेर दुर हजार गयौ ?
म दुनीया भुलाई तिमीलाई पर्खे, तिमी एक्लै छोडी संसार गयौ ।।
देवहशान भयो यो जिन्दगी....

- सागर कार्की ।

Comments

Popular Posts