मृत्यू जिन्दाबाद

यति चाडै रात भएछ
थाहै भएन, जिन्दगानी बर्बाद भएछ

सपना सबैले देख्छन्
अपराध के नै गरेँ
बोटमा फलेको फलझै
भूईँमा म थप्प झरे
काच्चै झर्ने फलको खातैखात भएछ ।
आहै अब मृत्यू, जिन्दाबाद भएछ ।।

पत्थरमा झुक्छ कठै
मृत्यूमा झुकेन शिर
खेलु आफ्नै सपनाको लाशमा
त्यैपति दुःखेन शिर
रंगहरु रहरबाट आजाद भएछ ।
आहै अब मृत्यू जीन्दाबाद भएछ ।।

शहरै भो जहरी मेरो
देख्दीन टेक्ने ठाऊँ
मरेको भाग्य लिएर
त्यो गाऊँ कसरी म जाउँ ?
आफैबाट जीन्दगी अपबाद भएछ ।
आहै अब मृत्यू जीन्दाबाद भएछ ।।

यति चाडै रात भएछ
थाहै भएन, जिन्दगानी बर्बाद भएछ।।

Comments

Popular Posts