म रोएको छैन ॥

पिडा लुकेको मात्र हो म रोएको छैन ।
मन दुःखेको मात्र हो म रोएको छैन ॥

शुर वीर ठान्थे तर माया झेली रैछ ।
कठै झुकेको मात्र हो म रोएको छैन ॥

सायद प्रेमको हिसाबमा फेल खाएँ ।
थोरै चुकेको मात्र हो म रोएको छैन ॥

सधै तिम्रै लागि धड्कीरहने मुटु ।
आज रुकेको मात्र हो म रोएको छैन ॥

Comments

Popular Posts