अरू जहरले मर्छन् म रहरले मरे ।

अरू जहरले मर्छन् म रहरले मरे ।
तिमीलाई पाउने मिठो कहरले मरे ।।


सपना तिम्रो मेरो अनी सानो घरको ।
जल्यो फूल्न नपाउदै त्यही प्रहरले मरे ।।


खोज्दै थिए परदेशमा तिम्रा लागि खुसी ।
परन्तु म त ब्यइमानी शहरले मरे ।।


को छ आफ्नो भन्नु तिमी बाहेक यहाँ मेरो ।
बाच्दीन तिमी बिना भन्ने ठहरले मरेँ ।।

Comments

  1. माया प्रेमले धेरै लाइ रुवाएको छ | धेरै लाइ मर्न बाध्य बनाएको छ |

    ReplyDelete

Post a Comment

Popular Posts