सपना देखायौ दिनको बहरमा ।


सपना देखायौ दिनको बहरमा ।
जिउदै धोकेबाज डुबायौ जहरमा ।।

सम्झी आफ्नो निष्ठुरी सवैथोक दिए
लिलाम गर्यो दिनमै सहरमा ।।

पन्छी झै उडाउछु आकाशमा भन्थ्यौ
बाचु म कसरी कैद यो कहरमा ।।

गाउँकी पुतली खेल्दै थिएँ बनमा
फसायौ मलाई विसालु लहरमा ।।

जिउँदो लास हुँ म अझै मार्दै जाऊ
म लास बाचेको होईन रहरमा ।।

Comments

Popular Posts