प्रेम पत्र

मेरी प्रिय सान्नानी,


मलाई थाहाँ छ तिमी मलाई निकै नै माया गर्छौ भनेर । अनि मलाई यो पनि थाहा छ कि किन तिमी आफ्नो प्रेम प्रस्ताव राख्न डराइरहेकी छौ । हो सान्नानी, जो कोही पनि पहिलो पटक प्रेम गर्छन् सवैलाई यस्तै हुन्छ । मैले प्रेम गरेर मात्र यो कुरो बुझेको होइन सान्नानी । मलाई प्रेम शब्द निकै नै मन पर्छ । म प्रेम गर्नु नै जीवनको सवैभन्दा मिठो उपलब्धी मान्दिन तर त्यो प्रेमको स्वर्गिय अनुभव बटुल्न सक्नु नै सायद जिन्दगी सफल हुनु हो । यसको अर्थ मैले अरु कसैलाई प्रेम गर्छु भन्ने हाईन र तिमीलाई माया गर्दिन भन्ने पनि होईन ।

सान्नानी, म प्रेम गर्न हतार गर्दिँन । झट्ट प्रेम प्रस्ताव राखेर तिमीलाई सुन्दर उपहार पनि दिन सक्थे होला तर यस्तो गरेको भए सायद आज हाम्रो भेट हुने नै थिएन । हो सान्नानी, म अरु कसैको भईसक्ने थिएँ । यसलाई गलत अर्थले कहिले पनि नहेर्नु है । मैले त मात्र प्रेमको अनुभुति लिन चाहेको थिएँ । सायद मेरो सोचाइ गलत थियो वा त्यो आकर्षण मात्र थियो । मैले धेरै बुझेँ, धेरै सिकेँ । मलाई माफ गर सान्नानी, त्यो नै मेरो पहिलो प्रेम थियो र सायद जिनदगी भरि नै भूल्न सक्ने छैन उसलाई । र बिन्ती, भूलाउनको लागि कर पनि नगर्नु है ।

प्रिय सान्नान, मैले तिमीलाई निराश बनाउन खोजेको होईन । तिमी उदाश भएर त्यो चौतारीमा एक्लै साँझसम्म बसिरहदा मेरो मन पीडाले रोईरहन्थ्यो । तिम्रा आँखाबाट आँसुका थोपाहरु खस्दा मेरा हातले पुछ्ने प्रयास गरेका हुन् तर तिमीलाई स्पर्श गर्न खोज्दा हृदय डराएर आउथ्यो । जव तिमी नजिक मसँगै आएर बस्थ्यौ, मलाई त्यस ठाउँबाट उठेर जान मन लाग्दैन थियो । हुन त तिमीले पनि मलाई छोडेर जान चाहेकी थिइनौ । तर जब हाम्रो छुटिने दिन आयो तिम्रो मुहारमा कुनै किसीमको चञ्चलता थिएन । तिम्रो मन दुःखी रहेको मैले प्रश्ट महसुस गरेको थिएँ । सायद आफ्नो हृदयको बेदना बताउन चाहिनौ होला र त त्यो अन्तिम समय एकफेर पनि फर्केर हेरिनौ तिमीले । मैले दिएको उपहारले तिमीलाई पीडा दिन्छ भन्ने थाहाँ पाएको भए मैले त्यो उपहार दिने थिईँन । अन्तिम पटक तिमीसँग बिदाई माग्दा म पनि दुःखी थिएँ तर तिमीले त सायद हाम्रो भेट अब कहिल्यै पनि हुदैन भन्ने सोचेकी थियौ होला । जब मेरो गाडि गुड्न थाल्यो मैले सबै थोक बिर्सिएँ, मात्र तिमीलाई हेरिरहे तवसम्म हेरिरहे जवसम्म क्षीतिजसँगै तिम्रो मुहार हराएर गएन । तर सान्नानी, तिमीले एकफेर पनि मलाई फर्केर हेरिनौ । म रिसाएको छैन सान्नानी ।

हुन त म विरानो आफन्त न परेँ । त्यो छोटो भेट अनि छोटो समयको सामिप्यताले मलाई पनि केही सोच्न बाध्य बनाएको थियो । तिमीले जुन सम्मान मलाई दियौ, जुन सहयोग मलाई ग¥यौ, तिम्रो आफ्नोपनको लागि म सधै आभारी रहनेछु । मैले त सोचेको पनि थिईन त्यो भिडमा म तिम्रो मुहार मात्र देखनेछु भनेर । हुन त म कुनै स्वार्थ लिएर त्यहाँ गएको थिईन र मैले सोचेको पनि थिईन कुनै सादा मुहारले मलाई केन्द्रित गरिदिनेछ भनेर । हो सान्ननी, तिमी विशेष थिईनौ, त्यो छोटो समय अन्जानमा नै सहि तिमी मेरो निकै नै समिपमा रह्यौ । सान्नानी, तिमी मेरी सपनाकी रानी जस्ती त छैनौ । मैले सपनामा देखेको जस्ती सुन्दर पनि छैनौ तिमी । न त तिम्रो आवाज कोयलीको जस्तै मिठो छ । न त तिम्रो वैशमा झम्म परेर लठ्याईदिने नशा नै भेटिन्छ । तिमी कुनै स्वर्गलोककी अफ्सरा पनि हाईनौ न त कुनै साहित्यको विशेष पात्र नै हौ । तर पनि तिमी मेरो कवितामा शब्द बनेर आउछौ अनि सृजनामा नयाँ अङ्कुरण थपिदिन्छौँ । सान्नानी अरुले जे भने पनि, जस्तो देखे पनि मैले तिम्रो मनको पवित्र भावना बुझेको छुँ । माया रुप र रंगमा हुदैन सान्नानी, भावना र बिचारमा हुँदो रहेछ । मैले तिमीलाई आश्वासन दिन खोजेको होइन । तिम्रो भावना माथी दया राखेर हृदयलाई चोट पु¥याउन खोजेको पनि होइन । अनि तिम्रो उदार व्यक्तित्वको सम्मानमा निर्दोश प्रेममाथी झटारो हान्न पनि खोजेको होईन ।

हो सान्नानी, म सबैको प्यारो बन्न चाहान्छु । तर तिमीलाई धोका दिएर तिम्रो विश्वासमाथी कुठाराघात गर्न चाहान्न । तिमी मेरी सृजना हौ, मेरी कविता हौ । मेरो सपनामा आउने मुहार जस्तै सुन्दर त छैनौ तिमी । जस्तो सुकै भए पनि तिमी मेरो लागि सवैथोक हौ । म तिमीलाई धेरै धेरै माया गर्छुँ । तिमी मेरी जिनदगानी हौ । के मलाई स्वीकार्छौ तिमी ।



तिमीलाई माया गर्ने मान्छे,
सागर ।

Comments

Popular Posts