मेरो प्रिय मित्र


सुन्यता, शन्नाटा र चित्कार
मलाई कोट्याइ रहेको छ ।

यौटा आत्मिय हेराई
मानौ खाजीरहेको थियो
म भित्रको अर्को म
उसका मौन आँखाहरु
मलाई टुलुटुलु हेरिरहेका थिए
परैबाट आएकी प्रीयसी जस्तै
आकान्क्षाले भरिएका ति हेराई
औधी मिठा थिए
पाखामा फलेका स्याउ भन्दा पनि
ट्याप्प टिपेर आठमा लगाउ लाग्ने
मेरी प्रियसीको सुकोमल देह जस्तै
च्याप्प पारेर छातीमा अङ्गालु लाग्ने ।

हो,
आज सबै विरानो लागिरको वेला
सुन्यता, शन्नाटा र चित्कार
बिल्कुलै आत्मिय लागिरहेको छ
मेरो प्रिय मित्र जस्तै,
एकान्तमा उदाशिनता नियालीरहेको बेला
ऊ आउछ, मलाई समाउछ
अनि अज्तरमनका भावनाहरुसँगै
दोहोरी खेल्दै, मादालु भाकासँगै
दौरा सुरवाल र गुन्योचोलोमा
रमाउछ, गाउछ र नाच्छ ।

जव म एक्लो हुन्छु
मेरो साथ कोही हुदैनन्
मात्र उ हुन्छ
दुःखमा सहयात्री जस्तै
मलाई आफ्नो सन्सारमा लैजान्छ
खुला पन्छी बनेर
जिन्दगीका भावनगरी सयर गराउछ
विल्कुलै असल मित्र जस्तै
उ मलाई च्याप्प समाति रहन्छ
फुत्कन दिदैन
तव सम्म,
जव उ आफै एक्लो हुदैन
वा म उसलाई छोडेर जादिन ।

ऊ सधै विश्वासीलो थियो
तर म सधै धोकेबाज हुन्छु
उसलाई मारिरहन्छु,
ऊ मरिरहन्छ,
तर पनि सधै ऊ मलाई माफ गरिरहन्छ
आज फेरी म एक्लो छुँ
कोही छैन मेरो साथ
र आज पनि मेरो प्रिय मित्र जस्तै
सुन्यता, शन्नाटा र चित्कार
मलाई कोट्याइ रहेछ ।।

Comments

Popular Posts