सोच
एक द्दढता
एक लक्ष्य
बिचमा ,
नआउ तिमी
चाहाले लोभ्याउन
मन भड्काउन एक सोच
एक मार्ग
नाता ,
न गाँस तिमी
सोचाई बदल्न
मार्ग भूल्याउन जिम्मेवारीको थाप्लो
कर्तब्यको बोझ
जाउ ,
चाहिदैन तिम्रो माया
मेरो छूट्रटै जीबन
भिन्न सोच
-गणेश ढुङ्गाना
यहाँ
हरेक पल
जन्मन्छन् सोचहरु,संकल्पहरु
कुनै मष्तीष्कको टोकरीबाट
कुनै अवशेष मुर्दाघाटबाट
तर अस्तीत्व विहीन सोचहरु
टालाटुलीको खेल जस्तै
तमासा नबनोस् बजारमा
संकल्पको लिलामी नहोस्
कालजय होस् तिम्रो संकल्प
अमर रहोस्,
तिम्रो छुट्टै जीवन
भिन्न सोच ।
-सागर कार्की
Comments
Post a Comment