तिमी हाँसीरहनु है ।।

तिमी हाँसीरहनु है
मलाई चाहिदैन बरु अंश
तिम्रो खुसीको, तिम्रो हाँसोको
तर खवरदार,
तिम्रा आँखामा रसाएर सपना
माटोमा तुहिन पुग्यो भने
यो मनलाई पनि पीडा हुन्छ
र कसैलाई पीडा दिने अधिकार
तिमीमा किमार्थ छैन
त्यसैले,
तिमी सधै हाँसीरहनु है
बगौचामा फूल्ने सुन्दर गुलाब जस्तै
तिमी नाचीरहनु है
बनपाखामा गाउदै रमाउने डाँफे र मुनाल जस्तै,
तिमी बाचीरहनु है
जसरी शब्द शब्दमा बाच्दछन् भावना,
कवितामा बाचेको सपना जस्तै
खिल्दै, मिल्दै, चञ्चल, निश्चल
तिमी रम्नु, रमाउनु, हास्नु, हसाउनु
सरल, सुन्दर, सरस र मिठास
गित र गुञ्जनहरुमा, हरियाली र सौन्दर्यतामा
रंग र रंगोलीमा, मन र भावनामा
जसरी फूल्दछ रहर तिमी फूलीरहनु है
सपना बनेर नयनमा साचीरहनु है
पूर्णेको जुन जस्तै
तिमी हाँसीरहनु है ।।

Comments

Popular Posts