तिमी मुस्कुराउनु पर्छ


हरेक पल अविश्मरणीय बनोस्
मुस्कुराओस् ति पलहरु
पल मिठो हुन्छ, सुन्दर
हुन्छ आँखामा फूलेको गुराँस जस्तै
सरल, सरलता नविन, नविनता
कुशल, कुशलता
अनि नम्र, नम्रता
पाल्लवीत कल्पवृक्ष जस्तै
गुराँस बनेर फूल्छ सपना
जव मुस्कुराउँदै नयन अगाडी
जव खेल्छौ चञ्चल बालक जस्तै
र त हरेक जिवन्त धड्कन र दृश्यको लागि
त्यो पल बाच्नु पर्छ
अविस्मरणीय बनोस् ति पलहरु
र त तिमी मुस्कुराउनु पर्छ
नयनको गुराँस बनेर– तिमी मुस्कुराउनु पर्छ ।।

Comments

Popular Posts