मैले माया लाउन जानीँन

छोड्द्यौ त भनिथ्यौ तर मैले मानीँन ।
यस्तै रहेछ मैले माया लाउन जानीँन ।।

माया त कुनै खेल होईन
मेरो मन कुनै जेल होईन
फेरी किन साघुँरो लाग्यो तिमीलाई
सजाउन खोजेथँे मनमा
अटाउन सकिनौ तर
मुस्कानमा त्यो धोका छ मैले ठानीँन ।
यस्तै रहेछ मैले माया लाउन जानिँन ।।

सहर्ष स्वीकार्यौ मेरो प्रस्तावलाई
कुन भावनाले आफ्नो बनायौ
के भूल भो भनन प्रिय
कमि के भो मेरो मायामा
जिन्दगी त पासो होईन
मेरो माया कुनै हाँसो होईन
फेरी किन पन्छ्याउन खोज्यौ मलाई
सारा खुसी दे’कै थिएँ तिमीलाई
तर बुझिनौ मेरो भावना
मायामा पीडा हुन्छ मैले ठानीँन ।
यस्तै रहेछ मैले माया लाउन जानीँन ।।

Comments

Popular Posts