भनिदेऊ प्रिया

म हाँसू या रोऊँ भनिदेऊ प्रिया
तिमीले दिएको पीडा अझै छ यो मनमा
भूलाई कसरी बाँचू निष्ठूरीको माया
विछोडको दर्द अझै छ यो मनमा ।।
काडाँको विचमा फूलेको एउटा फूल
टिपेको होईन हेरेको थिएँ सायद त्यहि भो भूल
पन्छाएर ति काडा तिमीलाई खुसी दिँदा
मलाई दुःखेको घाऊ अझै छ यो मनमा ।।
हरेक मान्छे भित्र लुकेको मन हुन्छ
दुःखीको दुःख देख्दा मान्छेको मन रुन्छ
रोएको तिमीलाई देखी साहारा दिन पुग्दा
नयन भरिका आँसु अझै छ यो मनमा ।।
सारा खुसी दिएथेँ तिमीलाई मैले
भनीदेऊ न प्रिया के कमी भयो र अहिले
रित्तो बनाई मलाई मायाको लिलाम गर्दा
टुक्रटुत्रा भएका सपना अझै छ यो मनमा ।।

Comments

Popular Posts