गजल

बढ्दै छ घाउ यो मुटुमा गाह्रो भयो जिउन सकिन ।
निष्ठुरीको याद आयो भुलेछु नशा पिउन सकिन ।।

प्याला दिलाई प्रमको जहर वनि घायल गरी ।
छोडी गयौँ आँसु आयो सरापी तिमीलाई रुन सकिन ।।

चोट पनि तिमीले दिएको मिठो लाग्न थालेथ्यो प्रिया ।
जलायौँ मुटु जल्दैछ अझै पीडा मनका धुन सकिन ।।

टुक्रा टुक्रा पारी गयौँ त्यै पनि याद तिम्रै आउँछ ।
च्यातिएको मुटुलाई फेरीफेरी सिउन सकिन ।।

Comments

Popular Posts