सपना

प्रिय सपना
एउटा प्रश्न तिमीलाई,
तिमीलाई थाहा छ तिम्रो जीवनको उद्घेश्य ? के तिमीले कहिल्यै सोचेकी छौ तिमी जिउनुको अर्थ ? कहिले प्रयास गरेकी छौ तिम्रो नाम भित्रको गहिराही बुझ्न ? तिमी को हौँ, किन हौँ, कसरी हौँ के तिमीले यी यावत प्रश्नहरुलाई हृदयमा राखेकी छौँ ? आश्चर्य नमान्नु सपना, म गम्भिर भएर प्रश्न गर्दैछु । के लाग्छ तिमीलाई मान्छे को हुन् ? जिन्दगी के हो ? बाच्नेहरु दुःख किन गर्छन् ? मन दुःखी हुदा आँसु किन आउछ ? मन खुसी हुदाँ आनन्दको अनुभुति हुन्छ । एकफेर भावनामा डुब्ने प्रयास गर त । सेचमा नपर्नु । मात्र तिम्रो बिचार जान्न खोजेको हुँ ।वास्तवमा जिन्दगी सोचे जस्तो छैन सपना । यथार्थमा जिउन गाह्रो छ । अफठेरो नमान्नु । म त मात्र मेरो भावना पोखीरहेको छुँ । कहिले लाग्छ एकदिन त मर्नु नै छ, आखिर रोएर बाच्नु किन श्र दुई दिने जिन्दगी हाँसेर विताउनु पर्छ । रमाईलो गर्नुपर्छ, ठट्टा गर्नुपर्छ । आखिर संघर्ष गर्ने किन रु एक दिन त खरानी भएर जानु छ । निर्दोश, वेजोवान, कलिलो र अवोध बालक भएर जन्मियो, समयको चक्र भित्र पेलिदा पेलिदै यही माटोमा धुलो भएर मिसिनु छ । तर जिन्दगी अर्थहिन पनि त हुनुहुदैन । कहिले लाग्छ यस्तो अवसरवादि समाजमा पैसा नै सवै थोक हो । हुन पनि जो कोही आँखा अगाडि देख्छु सवै पैसाकै पछाडी दौडिरहेका छन् । एउटा पिता छोराको उज्वल भविष्यको लागि पैसा खोज्न दौडिन्छ । त्यै छोरा आफ्नो छोराको निम्ति पैसा पछाडी दौडिन्छ । धेरै देखे धेरैलाई बुझेँ । आफू बाच्न अरुलाई मेटाउनु पर्ने यस्तो चलन आखिर यस समाजमा कसले चलायो ? त्यसको पनि खोज गर्नु पर्ने छ । यहाँ त सृजना पनि पैसाकै देन बन्न लागि सकेको छ । पैसाकै लागि आमाले आफ्नो सन्तान बेचेको कुरा पनि सत्य नै हो । कहिले त लाग्छ त्यो दुःखीर्ला भोक मेट्न केहि दिऊ भने कतै भोली आफै त भोको हुने होईन । यआँ जो कोही संघर्ष गरिरहेका छन् पैसाकै लागि । अझ भनोै मानिसहरु मान सम्मान र इज्जत पनि पैसामा तौल गरिरहेका छन् । भन त यस्तो अवस्थामा मानिसको सोच र विचारको मोल कति होला ? तर सपना म यी सव कुरा मान्दिन । हो मेरो विचार र भावना फरक छ । जान्दिन तिमी के सोच्दछौँ भनेर । के पैसा नै सवै थोक हो र ?म चाहान्न रकम अनुसारकाृ उपचार दिने डाक्टरी पद्घतीलाई । डाक्टर त देवता भन्छन् तर पैसामा आफूलाई विकाउने डाक्टरहरु मलाई मन पर्दैन । तिमी नै भन त हरेक पल मानिसहरु रोगी वनोस् र आफू उपचार दिलाउ अनि पैसा कमाउ भन्ने सोचमा परेर रागीको प्रतिक्षा गरेर बस्ने यस्ता सम्मानित पैसा पुजारी बनेर जीवन किन खेर फाल्ने ? वरु टेक्ने सानो जमिन होस्, भोक मेट्ने दुई गाँस होस्, प्यास मेट्न पुग्ने पानी होस्, भावना बुझ्ने आफन्त होस्, साथ दिने साथी होस् । जीवनमा राजा भएर वाच्न चाहन्न । आत्मसन्तुष्ट पार्ने इज्जत होस् ।परिचयको लागि नाम होस् । म गरिव किसान भएर बाचूला तर अरुको ज्यानसँग खेल्ने डाक्टर कदापी हुने छैन । आखिर के बनु त म ? अहिले त थाहा छैन मेरो सोच र विचारले मलाई कतातिर लैजान्छ ।तर म जिन्दगीमा नयाँ केही गर्न चाहान्छु सपना । जिन्दगीलाई नयाँ शैलीमा बाच्न चाहान्छुँ । म सृजनामा डुब्न चाहान्छु । थहाँ छ म खोज गरिरहेको छु मेरो जीवनको यथार्थलाई । वास्तवमा घोकन्ते विचारको सिकार बन्न चाहान्न म । म बाच्न चाहान्छु बचाउनको लागि, म हाँस्न चाहान्छु हसाउनको लागि । त्यसैले म रुन चाहान्न । आफ्नो सानो दुःख लुकाएर कसैलाई सुख प्राप्त हुन्छ भने त्यसमा म आनन्दको अनुभूति गर्छु । कसैलाई हसाउन सकेछु भने, कसैको सहयोग गर्न सकेछु भने, कसैलाई पीडा कम गर्न सकेछु भने मलाई ठूलो सन्तुष्टिको अनुभव हुन्छ । तर पनि जिन्दगी सोचे जस्तो कहाँ छ र ? यहाँ दर्द छ, पीडा छ । रित्तो कसैलाई केही दिऊ भने हात खाली छ । यथार्थ भिन्न रहेछ । स्वयम् वचाउछु भन्नेहरुपनि बाच्नको लागि संघर्ष गर्नुपर्दो रहेछ । वास्तवमा आफू नबाची अरुलाई वचाउन सकिदैन पनि । र त यस संसारमा आफ्नो लागि वाच्ने अनगन्ति भेटिन्छन् तर अरुको लागि बाच्नेहरु निकै नै कम हुन्छन् । त्यसैले होला भगवान खोज्न पनि निकै कठिन हुन्छ र भेटिएका भगवानलाई चिन्न पनि गाह्रो हुन्छ ।थाहा छ मलाई म त्यो भगवान हुन सक्दिन । म बाच्नु पर्छ मेरो परिवारको लागि, मेरो आफन्तको लागि र मेरो सुभ चिन्तकको लागि । अझ भनु यो समाजले मलाई आफ्नो लागि बाच्न सिकाउँछ तर मेरो मनले त्यसको समर्थन गर्दैन । म बाच्नुपर्छ अरुको लागि, म सोच्नु पर्छ अरुको लागि, म हाँस्नु पर्छ अरुको लागि र म मर्नुं पर्छ अरुको लागि । तर म सक्दिन कसैलाई रुवाएर हाँस्न र सक्दिन कसैलाई हराएर जित्न । तर यो समाजमा बचाउनेहरुलाई बाच्न गाह्रो रहेछ । अझ भनौँ जस्ले अरुको जित्यो उही राजा । तर म राजा बन्न चनहान्न र हार्न पनि चाहान्न । म जित्न चाहान्छु तर अरुको लागि । के मेरो विचार, मेरो भावना अनि मेरो सोचले मलाई बचमउला त ? कतै म यीनै शब्द र विचारहरुसँगे हराएर त जाने होईन ? हुन त आफू नबनि देश बनाउछु भन्न कहाँ सकिन्छ र ? र त म बन्नु छ, अरुलाई बनाउनको लागि । तर कस्तो विडम्वना आफू वन्न कसैलाई भत्काउनै पर्ने ।भैगो यति निराशावादी नबनाउँ जिन्दगी । अहिले हासौँ । सकिन्छ त थोरै हाँसो सवैलाई वाडौँ । अहिले बाचौँ, सकिन्छ त थोरै जिन्दगी कसैको बचाऔँ । तिमर िके सोच्दछौँ थहा छैन । मेरो निम्ति यही हो जीवन । आत्मसन्तुष्टि नै परम सन्तुष्टि हो र आत्मसुख नै परम सुख हो । यदी ककसैलाई सुख दिदा मन खुसी हुन्छ भने त्यही हो जीवनको सार्थकता ।

Comments

Popular Posts