अब गाउँको चिन्ता लाग्दैछ मलाई ।
आजको झरीले गाउँको याद दिलायो । श्रावण भदौकै महिना हुदो हो । सानो थिए । आकाश चिरेर धर्ति ठट्ट्याईरहेको पानिले हाम्रो घरको टिनको छानोमा गजबको बाजा बजाउथ्यो । धर अगाडी सरकारी धारो थियो, अनि त्यो छेउमा कर्कलो झाडी । त्यही कर्कलो पातलाई छाता बनाएर गाउँका केटाहरुसँग नाङ्गै घोल तिर दौडन्थ्यौ । पानी परेको बेला घोलमा डुबुल्की मार्दाको मज्जा नै अलग । चिन्ता थिएन । न कुनै डर । कति सुन्दर थियो बालापन । निर्दोश उस्तै ।
आज त्यै धारो पनि सुकीसकेछ । घोल साघुरीएछ । टिनको छानोले सायद पीडा गाउदो हो अचेल । कर्कलो पात नाशिएछ । थाहै नपाई ठुलो भैएछ । मन भएको भए म जस्तै मेरो गाउँ पनि मलाई सम्झेर रोईरहेको हुदो हो । अब गाउँको चिन्ता लाग्दैछ मलाई ।

Comments
Post a Comment