कसैकसैलाई


Few words dedicated to 'Like it Happened Yesterday' - @Ravinder Singh

       सानो छदा पाईला छोटा थिए । तिमीलाई छुन खोज्दथे, तिमी हावामा विलाईदिन्थ्यौ, जाँदु जस्तै । आज ठुलो भए । जव तिमीलाई छोए, तिमी अर्कैकी भईछौ म कसैको भईन । -सपनाको सहर




 आहाँ कति मिठो हुन्छ त्यो पल
जब अविस्मरणीय हुनेछ त्यो भेट
हेराहेर हुनेछ, दोहोरी चल्नेछ हृदयको
निशब्द हुनेछ समय
टु ईक्वाल्स् वान भयो भने
मित्र, नआत्तिनु है !
त्यहि त हो नि प्रेमको आभाष ।।

जब नयन नयनमा बात हुन्छ
मन मनको सामिप्यतामा
अदभुद जादुगरी भावनात्मक आत्मियता
मित्र, त्यो अजनवी त हुनै सक्दैन
वरु अनभिज्ञ हुनेछौ अस्तित्वबोधको
हराउनेछौ आफैलाई
त्यो हाँसो र बोली भुल्यौ भने
मित्र, नआत्तिनु है !
त्यहि त हो नि स्वर्गिय अनुभुति ।।

Well त्यो प्रेम हो
One Two को Four
Four Two को One कहिल्यै नगर्नु,
नत्र त मनमा आँधीबेरी मात्र होईन
क्रान्ति पनि आईछाड्ला,
अनि शान्तिवार्ता त खै के खै के
त्यसैले मित्र,
मनमा राखेर मनैले हेर,
यदि आफ्नो बनाउने हो भने कसैकसैलाई ।।

Comments

Popular Posts