निद हराएको एक्लो रात


निद हराएको एक्लो रात
तिमीलाई एकान्तमा सम्झन्छु,
र बिर्सेर सारा उदाशपन
तिम्रो अनुमति बिना नै
म तिमीलाई सम्झिरहन्छु ।

तिमी आउछौ,
मेरो छेउमा बस्छौ
अनि मसँग धेरै कुरा गर्छौ
म तिमीलाई सुनिरहन्छु,

तिमी मुस्कुराउदा
तिम्रो मुहारको तेजलाई अनुभुत गर्दछु,
तिम्रा परेलिहरु नाचिरहदा
रुकावट बन्छन् सुन्दर केश
तिमी बेखबर जस्तै गर्छौ
र म हटाउछु अवरोधहरुलाई
जब मेरो औलाले
तिम्रो कोमल मुहारलाई स्पर्श गर्छ
म जिउदो महसुस गर्दछु ।

थाहा छैन,
भोलिको बिहानीले
फेरी कुन उदाशिनता ल्याउने हो,
केहि बेर मेरो समिप मै रहनु है
नयन नयन बिच धेरै कुरा हुनुछ ।
समय यहि अडियोस्
रात नमर्दै मलाई एउटा जिन्दगी जिउनु छ ॥

Comments

Popular Posts