ए हावा

कस्तो छौ के गर्दै छौ, कति सुन्दर भयौ कुन्नी ।
सम्झी मलाई पर्खिराछौ कि, कि त अन्तै गयौ कुन्नी ।।

ए हावा सुनाईदे मेरो कथा
मेरी मायालुलाई परदेशीको व्यथा

कति मिठो तिम्रो लजाउने मुस्कान
कति सुन्दर त्यो चञ्चले हेराई
हेर्न थाले कि नजर अन्तै
मेरो माया कित भयौ पराई
ए जुन देखाईदे उनको मुहार
माया विना शुन्य छ मेरो सहर

कस्तो छौ के गर्दै छौ, कति सुन्दर भयौ कुन्नी ।
सम्झी मलाई पर्खिराछौ कि, कि त अन्तै गयौ कुन्नी ।।

Comments

Popular Posts