गित 5

किन झर्छ आँशु त्यसै किन दुःख्छ मन ?
निष्ठुरीको याद आई बल्झीन्छ मन झन-झन ।।

ए साईली ! आँशुको गरि लीलाम
खुसी सारा तिमीलाई दिएँ ।
ए साईली ! माया यो कस्तो बेईमान ?
त्यैपनि हाँसेरै जिएँ ।।

सुख जति दिएकै थिएँ मनै खोसी कहाँ गयौ ?
छिया छिया पार्यौ मुटु, किन यति पीडा दियौ ?
किन झर्छ आँशु त्यसै...........

ए साईली ! माया किन यस्तो सस्तो ?
खेलाई खेलाई जिउदै मार्यौ ।
ए साइली ! धोबीको कुकुर जस्तो
घर न घाटको मलाई पार्यौ ।।

कोही थिएन तिमी बाहेक जिउनु पर्ने मेरो आधार ।
मर्नै गाह्रो पारीी छाड्यौ मुटुमै गरी प्रहार ।।
किन झर्छ आँशु त्यसै...........

Comments

Popular Posts