सपना

कोही सपनीमा आउछ
मुस्कुराउछ,
र मिठो सपना देखाएर
क्षीतिज पारीको सूर्यजस्तै
विलीन भएर जान्छ ।

सपना मिठो हुन्छ,
प्रियसीको ओठको हाँसो जस्तै
सपना भित्रको सपना
झनै सुन्दर हुन्छ,
आँखामा फुलेको गुरास भन्दा पनि बाबै ।

तर सपना र सपनामा आउने
मेरी सपनाकी प्रियसी
केवल सपनामा नै सुन्दर छिन्,
उसको मुस्कान
सपनामानै मिठो लाग्छ
कुनै स्वर्गकी अफ्सरा त होइनीन् उनी
तर उसको एक नजरको लागि
लाखौ दिन कुरवान,

खवरदार,
तिमी सुन्दर गुलाव भएपनी
मेरो लागि मेरी सपना नै प्रिय छिन्
किनकी,
मेरी सपना केवल मेरो सुन्छिन,
केवल मेरो बुझ्छिन्,
र म केवल उसैको सुन्छु ,
उसैको मात्र बुझ्छु ।......


Comments

Popular Posts