पदचाप



विथोल्न नखोज मलाई
सुन्यतामा तैरदै गरेको जिन्दगी
कलिलो स्पर्शले पनि
झर्दो रहेछ फूल्न नपाउदै ।।

चाहाना होईन मेरो
जिन्दगी सल्कन्छ, खरानी बन्छ
तर अस्तु बनेर अस्ताउने जिन्दगी
मेरो पदचापले पछ्याउन सक्दैन
तगारो नबन मेरो सपनाको तिमी
सपनासँगै बग्दै गरेको जिन्दगी
सानो मोडमा पनि
हराउदो रहेछ गन्तव्य छुन नपाउदै ।।

Comments

Popular Posts