क्याल्कुलेटर र औलो

मेरो देश मेरो क्याल्कुलेटर हो
यहाँ विश्वका गणितको समाधान छ
समस्याको पहिचान गर
अनी इक्वाईल्स टु थिच
समाधान आफै निस्कन्छ ।

फरक यति हो
समस्या के हो थाहा छैन
थाहाँ छ तर त्यसलाई समस्या नै मानीदैन
यहाँ जोड घटाउ हुँदैन
औलाहरु व्यर्थका होडबाजीमा छन्
कहिले तँ थिच, कहिले म थिचूलाँ
गणितको लेखाजोखा
कहिले एउटाको औलामा
कहिले अर्कोको औलामा
र त मेरो क्यालकुलेटर
अचेल ह्याङ्ग भएको छ
अंक धमिलीएका छन्
बेटेरी रुक्दै–चल्दै–रुक्दै छ
हिसाब लेखिदै र मेटिदै गर्छन्
र कहिले थिच्ने औलै भेटिदैन ।

मेरो क्याल्कुलेटर
बजारको सो–पीस बनेको छ
एउटा आउछ, थिच्छ, जान्छ
अर्को आउछ, थिच्छ, जान्छ
हिसाव यन्त्र नभई थिच्ने यन्त्र जस्तो
मात्र थिचीइरहन्छन्, चित्त नबुझेसम्म
र अलपत्र पारेर हिसाब वेवहारीसे छाडीदिन्छन् ।

मेरो क्याल्कुलेटर
अहिले बेवाहरिसे छ बजारमा
थिच्ने औलाको खोजीमा छ
जसले आफ्हत्केलामा उसलाई राखोस्
र मायाले थिचोस् बर्षौसम्म
तर यहाँ,
औलाहरु मात्र थिच्न चाहान्छन्
जान्दैनन् उसको खोल फेरिदिन
न त बेटेरी चिार्ज गरिदिनै सक्छन् ।

त्यसैले, माननीय औलाहरु
मेरो पनि त तन्नेरी औलो छ
बोरु राखी दिनुहोस् यो हत्केलामा
मलाई जोड घटाउ सबै आउँछ
विस्तारी थिचूलाँ तर सहि थिचूलाँ
विल्कूलै ह्याङ्ग हुनेछैन मेरो क्याल्कुलेटर
मायाले स्पर्ष गर्नेछु
खोल फेरीदिनेछुँ, ब्याटेरी रिचार्ज गरिदिनेछु
सुम्पीदिनुहोस् मलाई मेरो क्याल्कुलेटर
मेरो देश मेरो क्याल्कुलेटर हो ।।

Comments

Popular Posts