मेरो प्रेम कथा 2

प्रेम साँच्चीकै अन्धो हुँदो रहेछ । तर म अन्धो थिईँन । ऊ निकै राम्री थिई । उसको बोली निकै मिठो थियो । मलाई उसको नाम, थर र ठेगाना थाहा थिएन । कस्तो परिवारकी थिईन् त्यो पनि थाहा थिएन । पछि भेट्छु भन्ने कल्पना समेत थिएन । त्यस समय मेरो मष्तिष्कमा केही कुरा थिएन, थियो त केवल उसको मुहार, मिठो बोली अनि हामी दुईको नयन जुधाईँ र त्यसले सृजना गरेको मनको तरङ्ग । तर यसलाई म प्रेम भने मान्न सक्दिन थिएँ । love at first sight भन्छन्, तर त्यसमा म विश्वास राख्दिन थिएँ । कुनै अपरिचीत फूलको सुन्दर सुवास र गुलावी रंङ्गले मलाई आकर्शित त गर्ला तर पहिलो पटकमै त्यसलाई आफ्नो हृदय सुम्पेर भमरा झै झुम्मिन मेरो व्यक्तित्वले दिदैन थियो । त्यै पनि त्यो दिन मेरो लागि निकै नै उपलव्धिपूर्ण रह्यो । सायद त्यही दिन देखी नै होला मेरो कलमले प्रेमका कविता लेख्न थालेको । आज जसको सौन्दर्यताको कविता लेखे पनि पहिला उसैको सम्झना आउँछ, जसको मुहारलाई चित्रमा उतारे पनि पहिला उसैको मुहारले सताउँछ । चाहेको सबै कहाँ पाईन्छ र ? दैवले दया गरेछ भने पक्कै पछि भेट होला र अन्तिम पटक भेट्दाको हाँसोको रहस्य सोधुँला ।


त्यो आकर्षण हो या होईन मैले ठम्याउन सकिँन । सायद मैले सोचेको पनि थीईँन दैवले मेरो चाहाना सुन्छ भनेर र सुने पनि यति चाँडो सुन्नेछन्, मैले कल्पना पनि गरेको थिईँन । हो हाम्रो भेट पुःन भयो । मेरो हर्षको कुनै सिमा रहेन । पहिले त सोचेको थिएँ दुई तिन वटा कवितामै त्यो मुस्कानले यो मानसपटलबाट विदा लिनेछ तर सेलाउन नपाउदै कविता पुनः मिलनले हाम्रो जोडी दैवकै सिर्जना त होईन भन्ने मनमा प्रश्न पैदा गरिदियो । तैपनि म दैवको नियती बुझ्न चाहान्थेँ । उसले सृजना गरेको नाटक हेर्न चाहान्थे र धैर्य राखेको थिएँ मनलाई ।

त्यो दोस्रो भेट नितान्त मिठो थियो जुन मैले कल्पना पनि गरेको थिर्इँन । सन्दर्भ थियो तेस्रो साफ स्काउट फ्रेण्डसिप क्याम्प । म लगायत जिल्लाका करिब १६ जना स्काउटहरु उक्त क्याम्पमा सहभागि हुनको लागि छनौट भएका थियौँ । त्यो दिन हामी सम्पूर्ण सहभागि स्काउटहरु जिल्ला स्काउट कार्यलयमा भेला हुनु थियो । हामी व्वाय स्काउटहरु त भेला भईसकेका थियौँ । छलफल चलिरहेको थियो क्याम्पको तयारीको बारेमा । व्वाय स्काउटको नेतृत्व मैले सम्हाल्नु पर्ने थियो । त्यतिकैमा गल्र्स स्काउटहरुको पनि आगमन भयो । म चाहान्थे ति मुहारहरु मध्ये केही राम्रा मुहारहरु पनि होस् र क्याम्प रमाईलो वितोस् । म तिनै मुहारहरुको मुल्याङ्कन गर्दै थिएँ । अचानक मेरा आँखा एउटा मुहारमा गएर टक्क अडिन पुगे । धड्कन रुकेझै लाग्यो, मनमा भिन्न डर पैदा भयो, आवाज फूटेन, सरिर अचल भयो, सुनसान सडकमा एक्लै उभिरहेको महसुस गरेँ । त्यो मुहार भित्र प्रवेश ग¥यो । मेरा नयन पनि त्यही मुहारसँगै जोडीएर भित्र पस्यो र कुर्सीमा गएर बस्यो । म हेरीरहँे मात्र हेरीरहेँ । मलाई अरु मुहारहरुसँग कुनै सरोकार भएन । कस्तो संयोग, त्यो मुहार मेरो कविताको मुहार जस्तै थियो । फरक यति थियो की सेतो कुर्तामा पहेलो, शुन्तला र गुलावी रंगको मिठो समिश्रण भने आज देखिएन तर सधै देखिरहेको त्यो हरियो स्काउटको यूनिफर्म पनि आज निकै सुन्दर लागिरहेको थियो ।

अचानक उसका आँखा मेरा आँखासँग ठोकिन पुगे । विल्कुलै त्यही अन्योलपन तर यतिखेर भने परिचीत देखिन्थे दुवै हेराई । हो त्यो उसैको मुहार थियो, निर्दोस, कोमल अनि बालापनले भरिएको । उसका नयलने मलाई ठम्याउन कुनै ढिलाई गरेनन् । यतिखेर पनि मैले बुझिँन, उसका नयन लाजले झुके कि डरले । पक्कै उनि त्यही नै थिईन् । मैले कुनै सपना देखेको रहेनछु । संयोग रहेनछ त्यो भेट । तर यो भेटको कुनै उद्घेश्य पक्कै होला । विभिन्न अड्कलवाजीहरु लउदै थिएँ अचानक उसको मिठो आवाजले हृदय नै तरङ्गित गरिदियो । पुनर्जन्म पाए झै लाग्यो मलाई । मेरो खुसीको सिमा नै रहेन । गल्र्स स्काउटको नेतृत्व उसैले गर्ने भईन् । झन् सहकार्य गरेर अघि बढ्नु पर्ने भयो । कस्तो अचम्म हिजो सम्म अपरिचीत मुहार आज कविताबाट बाहिर निस्केर सामिप्यता गास्दै छ । तर म धैर्य हुनु थियो । बुझ्नु पर्ने थियो उसको मनलाई । त्यो आकर्षण हो की प्रेम, मैले उसको मनलाई राम्रो सँग पढ्नुपर्ने थियो ।

मैलै दैवलाई धन्यवाद दिईरहेको थिएँ । म चाहान्थीन ऊ बाट टाढा हुन । हुन त म नजिक नै कहाँ भएको थिएँ र ? म यस्तो मौका गुमाउन चाहदिन थिएँ । अरुभन्दा पनि मलाई उसँग एकचोटी बोल्न मन लागेको थियो । उसँग परिचय गरेर चाँडो मित्रता गाँस्न मन लागेको थियो अनि सोध्न मन लागेको थियो पहिलो भेटको मुस्कानको अर्थ ।

Popular Posts