तिमीले मलाई पियौ

.
तिमीले मलाई पियौ मैले सराव पिएँ ।
सराव छ त आज म अलि अलि जिएँ ।।

छोइन फूल मैले काडाँले घोचीदियौँ ।
तिमी विष पो रैछौँ म त्यहि सित थिएँ ।।

घोची घोची आज पनि के खोजीराछौँ ।
लास नै हुँ हुजुर ज्यान तिमीलाई दिएँ ।।

नसोध पिउनुको कारण मन टुक्रा पारी ।
च्यातिएको मनलाई पिएँ र त सिएँ ।।

Comments

Popular Posts